काठमाडौँ १२ भदौ २०८१
मध्यपश्चिम विश्वविद्यालयको १५ औं सभाको बैठक सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सभाको अध्यक्षता सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति के।पी शर्मा ओलीज्ले गर्नुभएको थियो । सभामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईज्यू, कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कंडेलज्यू, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा। डा। देवराज अधिकारीज्यू, माननीय सांसदज्यूहरू, माननीय पुर्व मन्त्रीज्यू, राष्ट्रिय योजना आयोगका माननीय सदस्यज्यू, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्यज्यू, अर्थ मन्त्रालयका सचिवज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवज्यू, कर्णाली प्रदेश सरकारका प्रमुख सचिवज्यू लगायत विश्वविद्यालयका सभासदज्यूहरू तथा आमन्त्रित विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति के।पी। शर्मा ओलीज्यूले मध्यपश्चिम विश्वविद्यालयले भौतिक एवं शैक्षिक क्षेत्रमा प्रगती गर्दै समग्र कर्णाली प्रदेश र देशको शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको कुरा व्यक्त गर्नु भएको थियो । उहाँले कर्णालीको प्राकृतिक, मौलिक, सांस्कृतिक र समग्र स्रोत साधनको उच्चतम उपयोग गर्दै मध्यपश्चिम विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा आफ्नो भूमिका खेल्नु पर्ने कुरा उल्लेख गर्नु भएको थियो । साथै विश्वविद्यालयमा रहेका चुनौती र समस्या प्रति सरकार र आफु गम्भीर हुनुका साथै उचित सामाधान तर्फ आफ्नो ध्यान केन्द्रित रहेको कुरा व्यक्त गर्नु भएको थियो ।
विश्वविद्यालयको पन्ध्रौं सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको नीति तथा कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। ध्रुवकुमार गौतमज्यूले प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले विश्वविद्यालयमा २०७४ सालपछि कुनै पनि नयाँ दरबन्दी स्वीकृत नभएको तर २०७४ साल यता थुप्रै कार्यक्रम तथा विषयहरु थपिएको र विद्यार्थी संख्या बढेको भएता पनी थप दरबन्दी स्वीकृत नहुँदा आवश्यक दरबन्दी बिना नै राष्ट्रलाई लागि अती आवश्यक पर्ने प्रावधिक जनशक्ती तथा अन्य जनशक्ति उत्पादन गर्ने कार्यमा अत्यन्तै कठिनाई भएकोले आवश्यक दरबन्दी स्वीकृती कार्यादेशका लागि सम्माननीय प्रधानमन्त्री तथा कुलपतिज्यू समक्ष सादर अनुरोध गर्नुभएको थियो ।
1 Comment
Your blog is like a beacon of light in the vast expanse of the internet. Your thoughtful analysis and insightful commentary never fail to leave a lasting impression. Thank you for all that you do.