|
|
२०८२ कार्तिक १८
1.2k views
ललितपुर । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा भएका १३ निर्णयहरु मंगलबार सार्वजनिक गरेका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ भने स्विट्जरल्याण्डको जेनेभामा २०८२ मङ्सिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने महत्वपूर्ण निर्णय गरिएको छ ।
त्यसैगरी अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय समेत सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया