२०८२ पुष ३० | Jan 14, 2026

महसुल नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न कुलमानको पत्राचार

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर १३
|
1k views

काठमाडौं १३  मंसिर २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन्। प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपायका रूपमा यो कदम चालेका हुन्।

घिसिङले पत्रमार्फत ती उद्योगहरूको नाम र तिर्नुपर्ने बक्यौता रकम उल्लेख गर्दै बैंक खाता रोक्का गर्न आग्रह गरेका छन्। यसका साथै, ती उद्योगका लगानीकर्ता अन्य कम्पनीका सञ्चालक भएमा सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राख्न समेत अनुरोध गरिएको छ। यसबारे कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि सहकार्यका लागि पत्राचार गरिएको छ।

पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरे पनि महसुल नतिर्ने उद्योगहरूको नाम र बक्यौता रकम समावेश गरिएको छ।

यस पत्राचारको जानकारी विद्युत् नियमन आयोगलाई समेत गराइएको छ। बैंक खाता रोक्का भएपछि उद्योगहरूले बक्यौता महसुल भुक्तानी गर्न बाध्य हुने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया