२०८२ माघ २ | Jan 16, 2026

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ २७
|
204 views

काठमाडौँ, २७ जेठ २०८१  -महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यहि जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइ.सि.एफ.सि. फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छे« बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखी उनिहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए । नेपाली क्रिकेटको विकासको लागि सम्पुर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पु¥याउन समेत आग्रह गरेका थिए।

कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेड तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताए ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ का सम्पुर्ण प्रायोजकहरु, सहभागी बैंक तथा वित्तीय संस्थाहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गर्नुभएका व्यक्ति÷सस्ंथाहरुलाई बैैंक हार्दिक आभार व्यक्त गरेको छ। साथै ३० औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । आदरणीय शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय, एवम् शुभचिन्तकहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय र आधुनिक बैकिङ्ग सेवाको पहुँच आफ्नो गा्रहकको माझ पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया