२०८२ माघ २९ | Feb 12, 2026

महालक्ष्मी विकास बैंंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन २८
|
306 views

काठमाडौं २, फागुन २०८०-“सबल बंैंक, सफल सहकार्य” को लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ ।२०८० साल फाल्गुन २७ गते आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइट धधध।mबजबबिहmष्दबलप।अयm मार्फत डाउन्लोड गर्न सक्नेछन् ।

विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया