धरान (सुनसरी), २५ चैत : धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार आज दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यलय, कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरको टोलीले तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । –––
महिलाको शव फेला

Previous Articleपाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो
Next Article ‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक