Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

‘माग्ने बूढा’ ले ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएको ‘फण्डा ’ मात्र

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुरं । अभिनेता तथा हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’ ले नयाँ चलचित्र ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएको ‘फण्डा ’ मात्र रहेको स्विकार गरेका छन् । माग्ने बुढा आफैले आफूलाई ६१ लाख रुपैयाँ दिएको हल्ला असत्य भएको बताएका हुन् ।

यस अघि चलचित्रका निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरेले माग्ने बुढालाई ६१ लाख दिएको भन्दै आएका थिए ।

तर, यो सबै ‘फण्डा ’ सावित भएको छ । माग्नेबुढाले जेजसो गरेर भए पनि चलचित्रले हाइप लिनुपर्यो भनेर निर्माताले भनेको र निर्देशकले सहि थापेको तर ६१ लाख पारिश्रमिक आफूले लिएको भन्ने चर्चा असत्य रहेको बताएका हुन् ।

उनले आपसी समझदारीको पारिश्रमिकको रकम चाहिँ कति भन्ने खुलाएका छैनन् । भदौ ६ गते प्रदर्शन मिति तोकिएको ‘माग्ने राजा’ को टिजर केही दिनअघि युट्यूवमा सार्वजनिक भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया