माछापुच्छ्रे बैंकका नव निर्वाचित अध्यक्षद्वारा सपथ
बिजनेसपाटी २५ पौष ।
माछापुछ्रे बैंकको पौष २० गते बसेको बैंकको २०औं साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएका डा. बिरेन्द्र प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
बैंकको उक्त साधारणसभाबाट रोशन के. सी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित हुनुभएका थिए ।
पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया