काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या देखिएको छ । स्वास्थ्यमा एकाएक समस्या देखिएपछि हिजो विहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राखेर उनको मुटुमा एन्जिओप्लास्टी गरिएको हो ।
चिकित्सकका अनुसार अध्यक्ष नेपालको पहिलेदेखि नै मुटुको एक नसा साँधुरो भएर स्वास्थ्यमा अवरोध उत्पन्न भएको थियो । विहीबार विहान एन्जिओप्लास्टी गरी उक्त अवरोध हटाइएको छ ।
नेपालको स्वास्थ्य अवस्थामा सुधार आए पनि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले केही दिन अस्पतालमै राखिने भएको छ ।