ललितपुर । भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले बिहीबार आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतीकात्मक रूपमा आफ्नो नोबेल शान्ति पुरस्कार अर्पण गरेको बताएकी छन् । मचाडो र ट्रम्पबीच ह्वाइट हाउसमा भेट भएको थियो ।
वासिङ्टनमा पत्रकारहरूसँग मचाडोले उक्त पदक राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गरेको जानकारी दिइन् । तर, ट्रम्पले त्यसलाई स्वीकार गरे वा गरेनन् भन्नेबारे उनले केही खुलाइनन् । रोयटर्सका अनुसार, माछाडोले यस विषयमा थप प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेकी छन् ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार, विपक्षी नेत्री मचाडोले बिहीबारको भेटका क्रममा राष्ट्रपति ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार हस्तान्तरण गरेको उक्त पुरस्कार ट्रम्पले आफूसँगै राखेका सीएनएनले जनाएको छ ।
मचाडो बिहीबार राष्ट्रपति ट्रम्पसँग कुराकानीका लागि ह्वाइट हाउस पुगेकी थिइन् । यी दुई नेताहरूबीचको यो उच्चस्तरीय भेटघाटलाई दुर्लभ मानिएको छ । सेतो सुटमा सजिएकी मचाडो एसयूभी गाडीमा ह्वाइट हाउस पुगेकी थिइन् ।
कडा सुरक्षा व्यवस्थाबीच उनलाई ह्वाइट हाउसभित्र लगिएको थियो । समाचार एजेन्सी ‘फ्रान्स प्रेस’का फोटोग्राफरले यसको जानकारी दिएका हुन् । अधिकारीहरूका अनुसार, यो भेट बन्द कोठाभित्र दिउँसोको खाजाको समयमा हुने तय भएको थियो ।
यसअघि ट्रम्पले पनि सार्वजनिक रूपमा नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गरिसकेका छन् । यद्यपि, नोबेल समितिले भने यो पुरस्कार अरू कसैलाई हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ । सीएनएन


















फेसबुकबाट तपाईको प्रतिक्रिया