मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई सहयोग
बिजनेसपाटी ६ पौष ।
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सौंठा मा.वि. रतुवामाई, मोरङ्गलाई विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भार सम्बन्धी परियोजना तथा विज्ञान प्रयोगशाला व्यवस्थापनका लागि रु ४०,००० (अक्षेरुपी चालिस हजार) सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लि.धरान शाखाका शाखा प्रमुख श्री सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गर्नु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया