भोजपुर । मुख्यमन्त्री कप पुरुष राष्ट्रिय बलिबल प्रतियोगिता आजदेखि भोजपुरको सदरमुकाममा हुँदैछ । यस प्रतियोििगतामा पाँच प्रदेशको सहभागिता रहनेछ ।
जिल्ला भलिभल संघ भोजपुरका महासचिव सङ्ग्राम किराँतीका अनुसार यस प्रतियोगितामा कर्णाली र मधेश प्रदेशभन्दा बाहेक अन्य पाँचवटै प्रदेशको सहभागिता रहनेछ । आजबाज सुरु भएको यस प्रतियोगिता विहीबार (चैत २८ गते)सम्म चल्ने छ । प्रतियोगिता भोजपुर नगरपालिका–७ कोदार खेल मैदानमा सञ्चालन हुँदैछ ।
यस प्रतियोजता सञ्चालनार्थ कोशी प्रदेश सरकारले रु. २० लाख सहयोग गरेको छ भने अन्य जिल्ला, व्यक्ति तथा विभिन्न संघ संस्थाबाट रकम संकलन गरिने महासचिव किराँतीले बताए ।
यस प्रतियोजिताको मुख्य प्रायोजक भने कोशी प्रदेश खेलकुद विकास बोर्ड रहेको छ ।
त्यसैगरी यस मुख्यमन्त्री कप पुरुष राष्ट्रिय बलिबल प्रतियोगितामा प्रथम हुनेले रु ३ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले रु. ८०
हजार र चौथो हुने टोलीले रु. ४० हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई जनहरु रु. ५० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।