२०८२ मंसिर २४ | Dec 10, 2025

मुख्यमन्त्री नियुक्तिको विषयमा कांग्रेस सहित सात दलको विरोध, मुख्यमन्त्री कार्यालयमा तोडफोड

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २४
|
918 views

धनुषा । मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेपाली कांग्रेस लगायत सात राजनीतिक दलले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । मधेस प्रदेशमा मुख्यमन्त्रीको नियुक्तको विरोधमा सृजित यो विवादले उग्र रुप लिँदा मधेसका नेपाली कांग्रेसलगायत सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा समेत तोडफोड गरेर क्षति पुर्याएका छन् ।

आज (सोमवार) बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवदलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेपछि मधेशका सातदलले मुख्यमन्त्री कार्यालयमा ताला लगाएर कार्यालय अगाडि मुख्यमन्त्री यादवविरुद्ध नाराबाजी गरिरहेका छन् ।

दलका कार्यकर्ताहरुले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा समेत तालाबान्दी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया