मुलुककै ठूलो विद्युत सबस्टेशन चालु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं ३२ जेठ २०८१।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलककै ठूलो विद्युत सबस्टेसनको आज औपचारिक उद्घाटन गर्दैछन् ।
हेटौँडामा नवनिर्मित सबस्टेशन उद्घाटनका लागि प्रचण्ड आज हेटौँडा जादैछन् ।
हेटौँडा उपमहानगरपालिका–११, स्थित थानाभ¥याङमा निर्मित नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सबस्टेसन देशकै सबैभन्दा ठूलो हो । स्बस्टेशनको चार्जसमेत भइसकेको छ ।
हेटौँडा ४००/२२०/१३२/११ केभी सबस्टेसन चालु भएपछि पूर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म विद्युत् वितरण प्रणालीमा सुधार हुने अपेक्षा गरिएको छ ।
सबस्टेसनबाट हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी र हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारण लाइन जोडिने छ ।
सबस्टेसनसँगै यसमा जोडिएको प्रसारण लाइन र वितरण लाइनले विद्युत्को स्थानीय वितरणदेखि भारत निर्यातसम्ममा स्तरोन्नति गर्ने जनाइएको छ ।
अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया