
ललितपुर । विहीबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमान दुर्घटनामा बाँच्न सफल एक मात्र यात्रु भाग्यशाली व्यक्ति हुन् विश्वास कुमार रमेश ।
विमानमा १२ जना चालक दलका सदस्य सहित २४२ जनामध्ये एकमात्र उनी बाँच्न सफल भएका छन् ।
सोही विमानमा विश्वास कुमारका दाजु अजय कुमार समेत सवार थिए ।
दाजु अजय कुमार रमेशले दुर्घटनामा ज्यान गुमाए भने भाइ विश्वास कुमार बाँच्न सफल भएका छन् ।
बिउँझिदा लासैलासको वरिपरि आफूलाई पाएपछि विश्वासले दाजु अजयको समेत खोजी गरिदिन उद्धारकर्मीसँग बिलौना गरेका थिए ।
विश्वासका अनुसार उडेको ३० सेकेन्डभित्रै विमानमा समस्या देखिएको थियो ।
सिट नम्बर ११ए मा सवार विश्वास बेलायतका लागि उडेका थिए ।
४० वर्षीय विश्वासका श्रीमती र बच्चाहरु बेलायतमै बस्दै आएका थिए ।
एनको परिवार पछिल्लो २० वर्षदेखि बेलायत बस्दै आएका थिए ।
विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना पोर्चुगली नागरिक र १ जना क्यानेडियन नागरिक सवार थिए ।
उक्त विमानमा गुजरातका मुख्यमन्त्री विजय रुपाणीको समेत मृत्यु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया