२०८२ माघ २९ | Feb 12, 2026

“मेरो शरीर : मेरो अधिकार”, सुरक्षित गर्भपतनसम्बन्धी ऐन संशोधन अहिलेको आवश्यकता

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १३
|
102 views

ललितपुर । पछिल्लो समय अधिकारका क्षेत्रमा काम गर्ने महिलाहरूले ‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेका छन् । महिलाको प्रजनन् स्वास्थ्यलाई लिएर ‘मेरो शरीर मेरो अधिकार हो’ भन्ने विषयमा बहस चले पनि गर्भपतनलाई सरकारले अपराधीकरणको व्यवस्था गरेकोले कानुनी रुपमा यसलाई आवश्यक संशोधन गरिनु पर्छ भन्दै आवाजहरु उठ्न थालेका छन् । यस विषयमा सम्बन्धित व्यक्तित्वहरुसँग छलफलका लागि सञ्चारिका समूह नेपालले एक कार्यक्रको आयोजना गरेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन र मुलुकी अपराध संहिताले गर्भपतनलाई अपराधीकरणको व्यवस्था गरेकाले ऐनमा गर्नुपर्ने आवश्यक संशोधनको विषयमा सञ्चारिका समूह नेपाल, सेन्टर फर सिप्रोडक्टिभ राइट्स र महिला, कानून र विकास मञ्च (FWLD) को संयुक्त आयोजनामा छलफल कार्यक्रम भएको हो ।

लतिपुरको पुल्चोकस्थित याक प्यालेसमा आज भएको उक्त कार्यक्रममा “मेरो शरीर ः मेरो अधिकार” सुरक्षित गर्भपतन र निरअपराधीकरण सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले उद्घाटन गरेको उक्त कार्यक्रममा महासचिव राधा खानाल लगायत अन्य महिला सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । ।

कार्यक्रममा महिला, कानुन तथा विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ, नेपाल सोसाइटी अफ अब्स्टेटिरसियन एन्ड गाइनोकोलाजिष्ट (NESOG) का अध्यक्ष डा. पदम राज पन्त, प्रजननन् स्वास्थ्य सम्बन्धी कार्यरत अधिवक्त सोनाली रेग्मी, मातृ तथा नवशिशिु स्वास्थय अधिकार, परिवार कल्याण महाशाखाकी शाखा प्मुख गौरी प्रधान लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको यस विषयमा आफ्नो धारणा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया