काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान संचालन गरी काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र रहेको परोपकार प्रसूती गृह तथा स्त्रीय रोग अस्पताल भित्र सञ्चालित विभिन्ने चमेना गृहको खाद्य पदार्थ निरीक्षण अनुगमन शुरु गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले महानगरपालिकाका उपप्रमसख सुनिता डंगोलको सहयोगमा निरीक्षण अनुगमन टोली प्रसुती गृह स्थित रहेका विभिन्न क्यान्टिन तथा कपडा पसलको अनुगमन गरेको थियो । निरीक्षण अनुगमन गर्दा सरसफाईमा कमि रहेको, फ्रिजमा भण्डारण व्यवस्थित नरहेको, भुइँमा रहेको टायल फुटेको अवस्थामा पाइएको, भेज र ननभेज खानेकुरा एकैठाउँ भण्डारण गरेको पाइएको थियो। अस्पतालभित्र रहेका क्यान्टिनलाई सरसफाईमा ध्यान दिन, फ्रिजमा खानेकुराको उचित भण्डारण गर्न, भेज र ननभेज खानेकुरा अलग्गै भण्डारण गर्ने व्यवस्था मिलाउन, क्यान्टिनको भुइँ तथा भित्ताको फुटेको टायलको मर्मत गर्नका साथै खाद्य पदार्थ भण्डारण गर्ने कक्ष यथाशिघ्र व्यवस्थित गरी विभागमा जानकारी गराउन निर्देशन दिइएको छ।