Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

मोहम्मद अफ्ताव आलमको फैसला गर्ने न्यायाधीश थारुमाथि अदालत परिसरभित्रै दुर्व्यवहार

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । मोहम्मद अफ्ताव आलमको फैसला गर्ने उच्च अदालत अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारुमाथि अदालत परिसरभित्रै मसी फालेर दुर्व्यवहार  भएको छ ।

इजलासभित्रै नारा लगाउँदै जनताको विरुद्धमा फैसला गर्न पाउँदैन भन्दै न्यायाधीश थारुमाथि मोसो हानिएको थियो ।
न्यायाधीशलाई मसी छ्यापेर दुर्व्यवहार गर्ने धर्मेन्द बास्तोला नेतृत्वको नेकपा नेकपा (बहुमत)का कार्यकर्ता भएको खुलेको छ ।

बहुमतका तीन कार्यकर्ताले अदालत परिषरभित्रै छिरेर न्यायाधीशमाथि दुव्र्यवहार गरेको प्रहरीले जानकारी दिएको छ । पर्सा प्रहरीले दुव्र्यवहारमा संलग्न भउको आरोपमा गमु महतो, पदमबहादुर मगर र अभिनाष भन्ने किशोर कुम्हाल तीनैजनालाई पक्राउ गरिसकेको जनाएको छ ।

गत जेठ १४ गते रौतहटको बहुचर्चित राजपुर बम बिस्फोट र व्यक्ति हत्याको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका पूर्वसांसद मोहम्मद आफताब आलमले उच्च अदालत वीरगन्ज इजलासबाट सफाइ पाएका थिए ।
उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया