ललितपुर । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षाको अन्तिम तयारीमा जुटेको छ । पछिल्लो समय देशमा लगानीको वातावरण सृजना हुन नसक्दा वित्तीय प्रणालीमा तरलता चुलिएको छ । त्यसैले राष्ट्र बैंकको यो समीक्षाबाट जेनजी आन्दोलनले पारेको आर्थिक प्रभावलाई सहजिकरण गर्ने आशा आम नागरिकले राखेका छन् ।
राष्ट्र बैंक आइतबारसम्म अर्थात् यही मंसिर १५ गते सम्म चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिरहेको छ । विगत २ वर्षदेखि वित्तीय प्रणालीमा तरलता थुप्रिँदा त्यसको व्यवस्थापनको विषयले यतिबेला केन्द्रीय बैंकलाई चुनौती बनेको छ ।
तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले पटक पटक बोलकबोलमार्फत् निक्षेप ताने पनि समस्या भने समाधान हुने देखिएको छैन । यकातिर देशमा उचित लगानीको वातावरण बन्न नसक्नु र गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले मुलुक थप आर्थिक संकटमा जानुले यो समस्या झनै बढिरहेको छ भने अर्कातिर बैंकहरुले समयमा ऋणको साँवा तथा ब्याज आम्दानी गर्न सकेका छैनन् । ऋणीले पनि विविध कारण देखाउँदै बैंकहरुलाई गर्नुपर्ने भुक्तानी समयमा गर्न सकेका छैनन् । फलस्वरुप कालो लिष्टमा पर्नेहरु थपीएका छन् ।
जेनजी आन्दोलनका नाममा देशमो अर्थतन्त्रमाथि भएको प्रहारले लगानीकर्ताहरूमा झनै निराशा पैदा भएको छ । यसको प्रत्यक्ष प्रभाव ब्याज भुक्तानी र बैंकको वित्तीय सूचकमा परेको छ । यतिबेला राष्ट्र बैंक ब्याजदर बढाउने कि घटाउने भन्ने विषयमा अन्यौल छ । ब्याजदर बढाइए कर्जा विस्तार झनै घट्ने जोखिम देखिएको छ ।
यसैगरी राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यबसायीका पक्षमा केही नयाँ र सरलीकृत तरीकाले योजना बनाइरहेको बताइएको छ । उनले पछिल्लो समय कालो लिष्टमा परेका व्यबसमयीलार्य केही राहत दिने संकेत देखाउँदै आएका छन् । यसैगरी सुनमा र सेयर बजारमा लागनाी गर्न लगानीकर्ताहरुलाई सरलीकृत नीति ल्याएका छन् ।
गभर्नर पौडेलले बैंकवित्तसँग भएका विभिन्न स्किमहरुमध्ये उपयुक्त स्किम छानेर व्यबसायमा लगानी गर्न सर्बसाधारणलाई आग्रह गरेका छन् । उनले पछाडि परेका समुदायलाई बैंकको स्किमहरूका बारे जानकारी गराएर पुँजीमा पहुँच बढाउनुपर्ने उल्लेख गर्दे आएका छन् । यी कुरालाई मौद्रिक नीतिको समिक्षामा केही आउन सक्ने अपेक्षा गरिएको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया