काठमाडौं । संघीय समाजवादी मोर्चाले आज काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा आयोजना गरेको छ । विरोधसभा अघि मोर्चाले काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने भएको छ ।
विरोध सभामा लाखौंको संख्यामा मानिस उतार्ने तयारी भएको भन्दै समाजवादी मोर्चाले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन रुट निर्धारण गरी सार्वजनिक गरेको छ ।
मोर्चाले विरोध प्रदर्शनमा करिब डेढ लाख मानिस सहभागी हुने अपेक्षा राखेको छ ।
निर्धारित तालिका अनुसार विरोध जुलुस बिहान ११ बजे सुरु हुने भनिए पनि चलिरहेको एसईइ परीक्षालाई मध्यनजर राख्दा १ घण्टा पर सारिएको बताएको छ ।
कोटेश्वरबाट आउनेहरु बबरमहल, ललितपुरतिरबाट आउनेहरु कुपण्डोल, कलंकी हुँदै आउनेहरु त्रिपूरेश्वर र बालाजु हुँदै आउनेहरु सोह्रखुट्टेमा भेला हुने जुलुसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने छ ।
यसैगरी मैतीदेव, डिल्लीबजार चोक र शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व एकीकृत समाजवादीले गर्नेछ भने नेपाल कम्युनिस्ट पार्टीले सुन्धारा र नेपाल समाजवादी पार्टीले न्यूरोड गेटबाट निस्कने जुलुसको नेतृत्व गर्नेछ ।
यस्तो छ जुलुस हुने स्थान र रुट