२०८२ मंसिर २८ | Dec 14, 2025

यातायातको डेटा सेन्टरमा समस्या देखिएपछि लाइसेन्सको नयाँ आवेदन पुनः बन्द

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २८
|
1.1k views

ललितपुर । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि नयाँ लाइसेन्सका लागि आवेदन दिने काम २८ कात्तिकदेखि बन्द पुनः बन्द भएको छ। १२ दिन अघि अर्थात् १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम प्राविधिक कारणले फेरि बन्द भएको हो ।

बिभागले अर्को सूचना जारी नभएसम्मका लागि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट बन्द भएको जनाएको छ । यसअघि गत भदौ २३ र २४ भदौको आन्दोलनका कारण विभागमा पुगेको क्षतिका कारण लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया