ललितपुर । सर्वोच्च अदालतले यातायात क्षेत्रमा हडताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमवली विरूद्ध देशव्यापी आन्दोलन सुरू गरेको थियो ।
उक्त आन्दोलन विरुद्ध अधिवक्ता विवेक पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।