Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले सिंगापुरलाई ६ विकेटले हरायो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ । सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउनुअघि १३८ रन बनाएको थियो ।
सिंगापुलाई १३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपीन शर्माले चार विकेट लिए । सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक÷एक विकेट लिए ।

नेपालको जितमा प्रसिद्ध जैसीले सर्वाधिक ५५ रन बनाए । रौनक श्रीवास्तवले ४० रन जोडे । सूर्यान्सु कोइराला र सिवान्स बजगाईंले समान नौ रन थपे ।
सिंगापुरका आकाश तेजाले तीन विकेट लिए । युवन पाण्डेले एक विकेट हात पारे । सिंगापुरका कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए । ओपनर आहान भुधानभामले ३८ रन जोडे । अर्का ओपनर रोशन अरुन ११ बनाउँदै आउट भए ।
यो प्रतियोगितामा १० टोलीको सहभागिता छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया