रत्तअल्पता रोग पिडितलाई टिकटक गु्रपको सहयोग

काठमाण्डौ २३ चैत्र २०७७ ।
सामाजिक साहयता समुह नेपालको टिकटक गु्रपले रक्तअल्पता रोग पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । गु्रपले गोरखा जिल्ला स्थायी घर भइ हाल काठमाण्डौको धापासी बस्ने रक्तअल्पता रोग पिडित सिलास गुरुङलाई रु ८७ हजार रुपैयाँ सहयोग गरेको हो । सामाजिक सहायता समुहका पदाधीकारी तुलसा तिमल्सिना र सुरेश लामाको संयोजनमा उठेको राहत रकम पिडित गुरुङलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष टिका तिमल्सिनाले बताए ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका विश्वनाथ खत्री, जिवनराजा, गणेश सेञ्चुरी, तुलसा तिमल्सिना, सावित्रि नेपाल, उपाध्यक्ष विएन खत्री लगायतको उपस्थीति रहेको थियो । सामाजिक साहयता समुह नेपालले यसअघि पनि दिनहीन दुखी तथा रोगी पिडितहरुलाई सहयोग गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया