काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमामाथि आज पनि सुनुवाइ हुने भएको छ । रवि र छवि दुवैको रिटमाथि गत मंगलबारदेखि नै सुनुवाइ जारी छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा आज शुक्रबार पनि सुनुवाई हुँदैछ ।
यसअघि बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् । लामिछानेको रिटमाथि हिजो पनि सरकारी वकिल गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका थिए ।
विहीबार सरकारी वकिलको तर्फबाट बहस सकिएकाले शुक्रबार पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्दैछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ । सम्भत आजै लामिछानेको मुद्दामाथि सर्वोच्चल् फैसला सुनाउने छ ।