२०८२ कार्तिक २३ | Nov 09, 2025

राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १६
|
459 views

ललितपुर । विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

राजदूत फिर्ता गर्ने सरकारको निर्णय कानूनसम्मत नभएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । सरकारले दुई साताअघि ती राजदूतहरूलाई फिर्ता बोलाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया