काठमाडौँ । राजसंस्था पुनःस्थापनाका माग गर्दै राष्ट्रवादी समूह तथा राजावादीहरुले मोटरसाइकल र्याली निकालेका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले राजधानीको सुकेधारादेखि बल्खुसम्म मोटरसाइकल र्याली निकालेका छन् ।
संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा राजावादीहरुले शुक्रबार राजतन्त्र पुनः स्थापनाका लागि भन्दै मोटरसाइकल र्यालीको आयोजना गरेका हुन् ।
अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।