काठमाडौँ । राजावादी प्रदर्शनकारीहरु राजधानीको तिनकुनेतर्फबाट बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठी बर्साएको छ ।
प्रहरीले निषेध गरेको क्षेत्र तोडेर प्रदर्शनकारीहरुको भीड अगाडि बढ्न खोजेपछि उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । भीड नियन्त्रणका क्रममा दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्रहरीले पटक पटक निषेधित क्षेत्र नतोड्न र प्रदर्शन शान्तिपूर्ण गर्न आग्रह गरे पनि राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा चर्को नारा लगाउँदै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
उता समाजवादी मोर्चाको सभा भृकुटीमण्डपमा जारी छ । विभिन्न स्थानबाट निस्किएको जुलुस कोणसभामा परिणत भएसँगै अहिले नेताहरू सभालाई सम्बोधन गरिरहेका छन् ।
