२०८२ फाल्गुन १ | Feb 13, 2026

राजावादी प्रदर्शनमा सहभागी हुन थापाको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १५
|
867 views

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज काठमाडौंको विभिन्न ठाउँमा हुने राजावादी प्रदर्शनमा सहभागी हुन आफ्ना नेता–कार्यकर्ता तथा समर्थकहरुलाई आग्रह गरेका छन् । विभिन्न ठाउँबाट प्रदर्शन हुने तय भएसँगै उनले आफूहरुलाई सहज हुने स्थानबाट सहभागिता जनाउन आफ्ना समर्थकहरुलाई आग्रह गरेका हुन् ।

हिजो सामाजिक सञ्जालमार्फत थापाले आजको प्रदर्शनमा सहभागिता जनाउन आफ्ना नेता, कार्यकर्ता र समर्थकहरुलाई आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् “चैत १५ गते तीनकुने जाऔं, भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको अभियानमा साथ दिऔं,’ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया