२०८२ कार्तिक २३ | Nov 09, 2025

राजीतिक नियुक्ति पाएका ११ राजदूतलाई फिर्ता बोलाउने सरकारको तयारी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३०
|
1.5k views

ललितपुर। सरकारले राजनीतिक नियुक्तिबाट राजदूत बनेका १६ जना राजदूतमध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेपश्चात् सरकारले विभिन्न ११ देशका लागि नेपाली राजदूतहरु फिर्ता बोलाउने तयारी गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्तिका आधारमा १६ जनालाई राजदूत नियुक्त गरेको थियो । जसबाट नेपालका लागि राजदूत बनेका १६ जनामध्ये हाललाई ११ जनालाई वर्तमान अन्तरिम सरकारले फिर्ता बोलाउने तयारी गरेको छ ।

बाँकी अन्य पाँच जनाको नाम भने फिर्ता बोलाउने वा नबोलाउने विषयमा टुंगो लागि नसकेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार हाललाई ११ जनालाई भने तत्काल फिर्ता बोलाउने तयारी तीब्र पारिएको छ ।

अन्तरिम सरकारले फिर्ता बोलाउन लागेका ११ जना राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शाहिल रुपाखेती, भारतका लागि डा. शंकरप्रसाद शर्मा, इजरायलका लागि धनप्रसाद पन्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिकाका लागि लोकदर्शन रेग्मी र स्पेनका लागि शनिल नेपाल छन् ।

हाल विभिन्न देशमा रहेका ३१ दूतावास र तीन स्थायी नियोग गरी ३४ वटा नियोगहरुमा नेपाली राजदूतहरु रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया