काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन आज हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गर्नुभएको छ । काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर पुगेर उहाँले जात्राको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देवगणकों पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको थियोे ।
राष्ट्रपतिद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ

Previous Articleमाओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल
Next Article ‘हामी ठूला परियोजना सञ्चालनको तयारीमा छौँ’