२०८२ कार्तिक २३ | Nov 09, 2025

राष्ट्रिय खाद्य बैङ्कको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न-७० करोडको प्रमोटर र  २० करोडको सर्वसाधारण शेयर वितरण गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २५
|
1.2k views

ललितपुर  । राष्ट्रिय खाद्य बैङ्कको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार भक्तपुरमा साधारण सभा सम्पन्न भएको हो ।

सभामा बैङ्कका संस्थापक अध्यक्ष शङ्करनाथ उप्रेतीले आफूहरूको सपनाले मूर्तरूप लिन थालेको बताउँदै  हाल सम्मको प्रगति र आगामी योजनाबारे जानकारी गराएका थिए । 

शिक्षाविद् केदारनाथ श्रेष्ठको प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा बोल्दै उप्रेतीले किसान को आली देखि उपभोक्ताको थाली सम्म भन्ने मूल नाराको साथ स्थापना भएको राष्ट्रिय खाद्य बैङ्क पब्लिक लिमिटेडको कृषि योग्य जमिनको खण्डीकरणलाई चक्लाबन्दी गरी जीवन निर्वाहमुखी खेती प्रणालीलाई नयाँ प्रविधि, प्राङ्गारिक मल तथा उन्नत बिउ बिजन प्रयोग गरी व्यावसायिक खेतीको रूपमा रूपान्तरण गर्दै रैथाने बाली नालीको संरक्षण गरी कृषि फसलको उत्पादकत्व वृद्धि गर्ने बैङ्कले प्रयास  रहँदै आएको बताए  । 

उनले  बैङ्कले हाल सम्म गरेका कामहरूका बारे पनि लिखित विवरण पेस गरे ।  १ हजार २० जना शेयर सदस्य रहेको बैकको पुजी एक अर्ब पुगेको र  आर्थिक वर्ष ०८२/ ०८३ मा ७० करोडको प्रमोटर र  २० करोडको सर्वसाधारण शेयर वितरण गर्ने गरी ग्लोबल क्यापिटल आइएमइ सँग आइपिओमा जाने सम्झौता भएको जानकारी दिए ।  यस्तै ललितपुर जिल्लाको एकान्तकुना, कुसुुन्तिको साढे चार आनामा बनेको साढे तिन तले घर सा ५० लाखमा खरिद गरी आफ्नो केन्द्रीय कार्यालयको स्थायी निजी भवन स्थापित गरेको र निजी भवनमा ३ महिना भित्र केन्द्रीय कार्यालय स्थापित गरिने पनि उनले साधारण सभालाई जानकारी दिए । 

कार्यक्रममा  विशेष अतिथि पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री, पोषणविद् डा अरुणा उप्रेती, रामपुर विश्व विद्यालयका पूर्व भि सी कैलाशनाथ प्याकुरेल,लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा  प्राविधिक सन्तोष प्रसाईँ, प्रवर्तक संदिप पौडेल,  नेप्सेका पूर्व अध्यक्ष प्रा डा जीवनाथ धिताल, र गुणस्तर विज्ञ डा ईश्वर सुबेदीले विषयगत प्रस्तुति राखेका थिए ।  साधारण सभाले सञ्चालक समितिको नयाँ कार्यसमिति चयन गरेको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया