२०८२ माघ १० | Jan 24, 2026

राष्ट्रिय भलिबलः पुलिस सेमिफाइनलमा

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १५
|
1.1k views


ललितपुर । विभागीय टोली नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गदै नवौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डलमा आज भएको खेलमा पुलिसले एपिएफविरुद्ध ३–२ को रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिसले एपिएफमाथि २५–२१, २५–१५, २२–२५, २१–२५ र १५–९ को जित निकाल्यो ।

पुलिसको यो लगातार दोस्रो जित हो । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । यता एपिएफको भने यो पहिलो हार हो । पछिल्ला दुई खेलमा एपिएफले सुदूरपश्चिम र मधेस प्रदेश दुवैलाई ३–० को सोझो सेटमा हराएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया