ललितपुर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरेको छ ।
बैंकले धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
सोसँगै बैंकको देशभर रहेका शाखा कार्यालयहरूको संख्या ३०७ पुगेको छ । हाल बैंकको सात प्रदेशका ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम बुथ र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।