काठमाडौँ । २०८२ को प्रारम्भसँगै राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा ऋणपत्र निष्काशन गर्दैछ । यही वैशाख ७ गतेदेखि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो।
बैंकले निष्कासन गर्न लागेको कुल २ अर्ब ५० करोड बराबरको ऋणपत्रमध्ये ४० प्रतिशत सर्वसाधारणलाई जानेछ । यसमा १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको ७ वर्षे अवधिको “‘‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८” नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।
यस्तै बैंकले निष्कासन गर्ने कुल ऋणपत्र मध्येमा ४० प्रतिशत अर्थात् १० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् १५ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने भएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ।
कुल ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ। यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २१ गते बैंकिङ समयपछि हुनेछ।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।