ललितपुर । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न बिधेयक प्रस्तुत हुँदै छ । १:१५ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “जलस्रोत विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन ।
त्यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “भन्सार विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव र “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।