२०८२ मंसिर २८ | Dec 14, 2025

राष्ट्र बैंकले आज फेरि बजारबाट ५० अर्ब रुपैयाँ तान्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ११
|
561 views

ललितपुर । बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछि आज फेरि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट यसरी रकम तान्न लागेको हो ।

वित्तीय प्रणालीमा लगानीयोग्ग रकम अधिक भएपछि आज दिउँसो ३ बजे बोलकबोलको बाध्यमबाट नेपाल राष्ट्र बैंकले ्््रकम तान्न लागेको हो । यसका लागि निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २८ दिने निक्षेप संकलन उपकरणको भदौ ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया