|
|
२०८२ कार्तिक ३०
612 views
ललितपुर । वित्तीय प्रणालीमा तरलता बढी भएपछि आइतबार पनि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारमा रहेको ५० अर्ब रुपैयाँ निक्षेप बोलकबोलमार्फत करिव तीन महिना (८४ दिन)को लागि संकलन गर्न आवेदन माग गरेको हो ।
केन्द्रीय बैंकले अनुमति प्रदान गरेका ‘क’, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले दिनको २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा भाग लिन न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने रकमसम्मको लागि निक्षेप संकलन बोलकबोलमा भाग लिन सक्नेछन् । राष्ट्र बैंकमा जम्मा हुने निक्षेपको निस्सा राष्ट्र बैंकको साथै अन्य बैंकमा समेत धितोमा राख्न सकिने बैंकले जनाएको छ ।















फेसबुकबाट तपाईको प्रतिक्रिया