२०८२ मंसिर २८ | Dec 14, 2025

राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ९
|
204 views

ललितपुर । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । यसका लागि बैंकले प्रक्रिया अगाडि बढाएको छ। राष्ट्र बैंकले शुक्रबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ५० दरका ४२ करोड थान नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको छ।

यसका लागि इच्छुक कम्पनीले आउँदो सेप्टेम्बर ७ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ।

योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४६ अमेरिकी डलर वा १२६ युरो वा १०९ पाउन्ड धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनौट गरेका कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया