
ललितपुर । संसदको अवरोध हटाउन माओवादी केन्द्र सहमत भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने विरोध जारी राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन् ।
दुईबुँदे सहमति पश्चात् भिजिट भिषा प्रकरणलाई लिएर माओवादी केन्द्रले भने सदन अवरुद्ध नगर्ने भएको छ ।
संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको विषयलाई लिएर आइतबार सभामुख देवराज घिमिरेले प्रमुख सेचतकहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले आज संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा रास्वपा र राप्रपा यी दुई पार्टीले संसदको अवरोध जारी नै जानकारी गराएका हुन् ।
लामो समयदेखि संसद अवरोधका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भइरहेको विषय केन्द्रीत रहेर सभामुख घिमिरेले संसद् बैठक अघि छलफल गरेका हुन् ।
आइतबारका लागि संसद् बैठक निर्धारित समयमा अर्थात् विहान ११ बजे बस्ने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया