|
|
२०८२ पुष २२
1.6k views
ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
आजको बैठकमा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनलगायतका मुख्य १० विषय छलफलका निम्ति प्रस्ताव गरिएको छ ।
छलफलका निम्ति प्रस्तावित मुख्य १० विषय–
१. प्रत्यक्षतर्फको उमेदवारी दिने अन्तिम मिति ।
२. उमेदवार सिफारिस उपसमिति विस्तार ।
३. पार्टी समायोजन उपसमिति विस्तार ।
४. केन्द्रीय समिति विस्तार ।
५. निर्वाचन परिचालन समिति गठन ।
६. समानुपातिक उमेदवारको परिचालन कार्यविधि ।
७. निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि ।
८. प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम ।
९. जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम ।
१०. स्थानीय तह उमेदवार क्लब गठन ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया