२०८२ मंसिर २८ | Dec 14, 2025

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २४
|
357 views

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.६३१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६३१५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

सञ्चालक समितिको हिजो अर्थात् बैशाख २३ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशतका दरले बोनश शेयर अर्थात् लाभांश वितरण गर्ने निर्णय घोषणा गरेको छ । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया