रु. २ अर्बको लगानीमा स्थापित राष्ट्रिय खाद्य बैंक सञ्चालनमा

काठमाडौं २ बैशाख २०७८ ।

पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ  स्थापना भएको राष्ट्रिय खाद्य बैकको औपचारिकरुपमा उद्घाटन भएको छ ।
बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रीय कार्यालयको विधिवत (पूजा पाठ सहित) शुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।  २ अर्ब लगानीमा देशव्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य यस बैंकले लिएको छ । बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उद्देश्य लिएको छ । बैंकले पहिलो चरणमा २३ वटा जिल्लामा यसै वर्षभित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ ।

बैंकले त्यसका लागि तराईका विभिन्न जिल्लाहरुमा करिव ६ सय बिघा जमिन लिजमा लिइसकेको छ । यसै वर्षभित्र बैंकले उत्पादन गरेका अर्गानिक उन्मुख अनाजहरु शेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतीले बताएका छन् । हालसम्म  बैंकमा ५ सय ९० जना प्रमोटर शेयर सदस्य रहेका छन् । बैकले त्यसलाई बढाएर १ हजार जना प्रमोटर शेयर सदस्य बनाउने उद्घोष गरिसकेको छ । सरकारी मापदण्ड पूरा गरी केही वर्षभित्रै आइपिओमा जाने समेत बैंकको योजना रहेका छ ।
शेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा बैकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको अध्यक्ष उप्रेतीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया