२०८२ मंसिर २६ | Dec 12, 2025

रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, असोज महिनामा भित्रियो २ खर्ब १ अर्ब रेमिट्यान्स

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ३०
|
918 views

ललितपुर। नेपालमा पहिलोपटक एक महिनाको अवधिमा २ खर्ब रेमिट्यान्स भित्रिएको छ । गत असोज महिनामा मात्र देशमा २ खर्ब १ अर्ब रेमिट्यान्स भित्रिएर नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार गत असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हुन गएको हो ।

नेपालीहरुको ठूलो चाड दशैंको यसवर्ष असोज महिनामा परेकाले विदेशमा रहेका नेपालीले स्वदेशका परिवारमा खर्च पठाउने गर्छन् । यसले पनि रेमिट्यान्स आप्रवाहमा सुधार आएको हो । गत आर्थिक वर्ष असोजमा मात्रै १ खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५.४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनमा ११.९ प्रतिशत बढी हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया