भ्याटिकन । रोबर्ट प्रिभोस्ट भ्याटिकनको नयाँ पोप चुनिएका छन् । उनी बिहीबार भ्याटिकनको नयाँ पोप निर्वाचित भएका हुन्। पोप लियो चौधौँको रुपमा प्रिभोस्ट रहनेछन् ।
सिकागोमा जन्मिएका प्रिस्टोभ क्याथोलिक चर्चको नेता चयन हुने पहिलो उत्तर अमेरिकी नागरिक हुन् । उनी सुधारकका रूपमा चिनिन्छन् । उनले पेरुमा मिसनरीका रूपमा लामो समय काम गरेका थिए । पछि उनी त्यहाँको आर्चविसप बने । अमेरिकी राष्ट्रपति डोलनाल्ड ट्रम्पले अमेरिकाबाट पोप पाउनु गर्वको विषय भएको बताएका छन् ।
‘तपाईंहरू सबैलाई शान्ति मिलोस्,’ प्रिभोस्टले भ्याटिकनमा उत्साहित भीडलाई इटालियन भाषामा भने, ‘दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूका परिवारहरूलाई, तपाईंहरू सबैलाई, जहाँ भए पनि शान्तिको शुभकामना पठाउन चाहन्छु। तपाईंहरूमा शान्ति रहोस्।’
त्यसपछि पोप लियो चौधौँले दुई दिने सम्मेलनमा आफूलाई निर्वाचित गर्ने कार्डिनलहरूलाई धन्यवाद दिए। एजेन्सी