ललितपुरको पाटनमा सानिमा जनरल इन्स्योरेन्सको शाखा

बिजनेसपाटी १३ मंसिर ।

पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायिहरुलाई वीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले
वुधबार सानिमा जनरल इन्स्योरेन्स, ललितपुर शाखा कार्यालयको विधिवत् समुद्धघाटन गरिएको छ । कम्पनीका नायब महा प्रवन्धक सुबोध लाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेलका समुपस्थितिमा कम्पनीका संचालक डा. माणिकलाल श्रेष्ठ बाट सो शाखा समुदघाटन सुसम्पन्न भएको हो । वीमा ब्यवसायलाई विविधिकरण सहित प्रवद्र्धन गरी विमा वजारमा अग्रणी स्थानमा रही
गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न सानिमा इन्स्सोरेन्स कम्पनी प्रतिवद्ध रहँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया