काठमाडौँ नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलिले १–१ को बराबरीमा खेलेका हुन् । यस खेलसँगै ६ खेलमा १२ अङ्क जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । जितविहीन बनेको झापाले समान खेलबाट पाँच अङ्कका साथ छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ । ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ५४औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो । त्यसपछि खेल ६५औँ मिनेटमा लाकेन गोल गर्दै झापालाई बराबरीमा ल्याए । भोलि चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुर र झापाको खेल बराबरीमा सकियो

Previous Articleस्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी
Next Article इ–सेवाको खाताबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर