झापा। आज झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्नका लागि प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबार गर्ने व्यक्तिलाई लक्षित गरी सोमबा विहान प्रहरीले गोली चालाएको हो । प्रहरीले उनलाई गोली चलाएर नियन्त्रणमा लिने प्रयास गरे पनि लागुऔषध कारोबारी भने भाग्न सफल भए ।
झापा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान करिव ९ बजेतिर कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले संकास्पद मोटरसाइकल चेकिङ गरेको थियो ।
चेकिङका क्रममा बीआर ३७टी९१९८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर जाँच गर्न लाग्दा उनी आफ्नो झोला समेत छाडेर फरार भएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली समेत चलाएका थियो ।
झापा प्रहरीका अनुसार दुई राउण्ड हवाई फायर गरिएको थियो । तर मोटरसाइकलमा सवार ती व्यक्ति मोटरसाइकल र झोला दुवै छाडेर भागेका थिए । उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको झापा प्रहरीले जनाएको छ ।