ललितपुर । सर्बोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्धामा लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको छ ।
लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई गर्दै न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासले केहिबेर अघि थुना गैरन्यायिक नभएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट अनुसारको थुनामुक्तको रिट खारेज गरि थुना मुक्त गर्न ज अस्वीकारको आदेश दिएको हो । आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा र रुपन्देही जिल्ला कारागार अगाडि कार्यकर्ताहरू त्यस पार्टीका कार्यकर्ताको भिड लागेको थियो ।
उनी उच्च अदालतबाट थुनाको आदेश भएपछि चैत २२ देखि थुनामा छन् । लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।