२०८२ माघ १० | Jan 24, 2026

लामिछानेले गरे जेनजी आन्दोलनका शहीद परिवारसँग भेटघाट र छलफल

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ५
|
1.3k views

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग भेटघाट र छलफल गरेका छन् । छलफलपछि लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए ।

उनले शनिबार काठमाडौं आएलगतै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका हुन् । उनले जेनजी र जेनजी शहीद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यबद्धता रहेको बताए । यस अघि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दैै उनले आफ्नो व्यक्तिगत नभई देश र पुस्तामाथिको न्यायको लडाइँ जारी रहेकाले विजयी हुन बाँकी नै रहेको बताएका थिए ।

सभापति लामिछानेले नयाँ भनिनेहरू अब सबै मिल्ने र एकै ठाँउमा आउने पनि बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया